दफा ६०
समानुपातिक निर्वाचनको परिणामको घोषणा
(१) निर्वाचन अधिकृतले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि खसेको मतपत्रको गणना गरी प्रत्येक दलले प्राप्त गरेको कूल सदर मत सङ्ख्याको विवरण आयोगले तोके बमोजिमको तालिकामा खुलाई तुरुन्त आयोगमा पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्बन्धित प्रदेशको सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कूल सदर मत सङ्ख्याको अनुपातमा अनुसूची–१ मा उल्लेख भए बमोजिमको मत परिणाम विभाजक सूत्रको आधारमा निर्वाचित हुने सङ्ख्या निर्धारण गर्नेछ ।
(३) उपदफा (२) बमोजिम दलहरुले प्राप्त गरेको कूल सदर मतलाई भाग गरी दलले प्राप्त गर्ने सीट सङ्ख्या बाँडफाँट गर्दा कुनै सीटका सम्बन्धमा एकभन्दा बढी दलको बराबर भागफल हुन आएमा आयोगले गोला हाली सो सीट कुन दलले प्राप्त गर्ने हो सो कुराको निर्धारण
गर्नेछ ।
(४) उपदफा (२) र (३) बमोजिम दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण गरेपछि आयोगले त्यस्तो दलको तर्पmबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने कूल सदस्य सङ्ख्याको तेत्तीस प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित गर्नु पर्ने महिलाको सङ्ख्या समेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिमको जानकारी प्राप्त गरे पछि दलले सो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णयबाट निर्वाचित हुने उम्मेदवारको छनौट गरी त्यसरी छनौट भएका उम्मेदवारको सूची आयोगले तोकेको समयभित्र आयोग समक्ष पेश गर्नु
पर्नेछ ।
(६) उपदफा (५) बमोजिम दलले सूची पेश गर्दा जनसङ्ख्या र सो दलले प्राप्त गरेको सिट सङ्ख्याको आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक समूदाय तथा अपाङ्गता भएको व्यक्तिको प्रतिनिधित्व हुने गरी यथासम्भव बन्द सूचीमा नाम समावेश भएको क्रम अनुसार सूची पेश गर्नु पर्नेछ ।
(७) उपदफा (५) बमोजिम सम्बन्धित दलले पेश गरेको उम्मेदवारको नामावलीको सूची प्राप्त भएपछि आयोगले सो सूचीमा नाम समावेश भएका उम्मेदवारहरु निर्वाचित भएको घोषणा गर्नेछ ।
(८) उपदफा (७) बमोजिम निर्वाचित भएको उम्मेदवारको नाम आयोगले प्रदेश प्रमुख समक्ष पठाई सो नामावली नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछ ।
(१०) उपदफा (२) बमोजिम दलहरुले प्राप्त गरेको कूल सदर मत गणना गर्दा एक दशमलब पाँच प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कूल मतमा गणना गरिने छैन ।